घर नजिकै सडकमा खेलिरहेकी बालिकालाई चकलेट खुवाउने प्रलोभन देखाएर नजिकैको पराल राखेको कुन्युमा लगी उनले बलात्कार गर्न खोजेका थिए। त्यसक्रममा असहज भएर बालिका चिच्याएको अवाज सुनेर त्यहाँ पुग्दा रंगेहात स्थानीयले दासलाइ पक्राउ गरेका थिए।
पक्राउ परेका अभियुक्त दासलाई गाउँलेले इलाका प्रहरी कार्यालय गरुडाको टोलीलाइँ जिम्मा लगाएका छन्। पीडित बालिका प्रहरी सहयोगमा गरुडा स्थित हेल्थ ल्यान्ड क्लीनिक उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दासलाइ हिरासतमा राखेर अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र पोखरेलले बताए।
प्रकाशित: २४ मंसिर २०७२ ०७:३६ बिहीबार





