९ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

'लस्ट इन ट्रान्जिसन' लिएर गौतम

काठमाडौं- नेपालको दशवर्षे द्वन्द्वकालको चिरफार गर्दै संयुक्त राष्ट्र संघका पूर्व उच्च कूटनीतिज्ञ कुलचन्द्र गौतम लेखकका रुपमा उपस्थित हुँदैछन्। संक्रमणलका उतारचढावको विश्लेषणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकाको आलोचनात्मक दृष्टिकोण गरिएको उनको अंग्रेजी पुस्तक 'लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दि माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक'को प्रकाशन पब्लिकेसन्स् नेपालयले गर्न लागेको हो।

माओवादी द्वन्द्वदेखि संविधान निर्माणको राजनीतिक संक्रमण र भूकम्पसम्मका विषयको पुस्तकमा राष्ट्र पुनःनिर्माणका आशा र योजना समेटिएका छन्। सशस्त्र द्वन्द्वको समाधान खोज्न संयुक्त राष्ट्र संघको पहलबारे पहिलोपटक वकालत गर्नेमध्येका गौतमले शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघीय पदाधिकारीका पूर्वाग्रहबारे बिनासंकोच उजागर गरेका छन्।

'मेरो जीवन र अनुभवहरुको दस्तावेजीकरण गर्ने सिलसिलामै यो पुस्तक तयार भएको हो,' गौतम भन्छन्, 'यसमा उल्लेखित अनुभव र दिइएका सुझाव मुलुकको पुनःनिर्माण निम्ति सबैलाई उपयोगी भइदिए मलाई सन्तुष्टि मिल्नेछ।'

संविधान घोषणा र त्यसपछिको अवस्थासम्मका नाटकीय घटनाक्रमको चाखलाग्दो विश्लेषण र टिप्पणी गरिएको महत्वपूर्ण पुस्तक छाप्न पाएकामा नेपालयका किरणकृष्ण श्रेष्ठले प्रसन्नता व्यक्त गरेका छन्। गौतमको 'लस्ट इन ट्रान्जिसन' शनिबारदेखि बजारमा उपलब्ध हुँदैछ।

प्रकाशित: २३ मंसिर २०७२ २०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App