प्रहरीले उनीहरुको खोजी गरे पनि मुलुक बाहिर रहेकाले पक्राउ गर्न सकेको छैन। पेप्सीकोलास्थित गोदाममा दुगड समूहको खाने तेल धारा र ज्ञान लुकाएर उच्च मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा गत बिहीबार महानगरीय प्रहरी परिसरको टोलीले छापा मारेर १ लाख ५० हजार लिटरभन्दा बढी तेल नियन्त्रणमा लिएको थियो। १ सय ३० रुपैयाँ बजार मूल्य रहेको तेल प्रतिलिटर ३ सय ५० रुपैयाँसम्म बिक्री गर्ने गरेको खुलेपछि प्रहरीले जैन र अधिकारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
कालोबजारी अभियोगमा प्रहरीले सञ्चालक किसनलाल दुगड र नरेश दुगडको खोजी गरेको जानकारी दिए पनि उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले प्रहरी हिरासतमा रहेका दुईजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति पाएको र अन्य दुईजनाको खोजी जारी रहेको जानकारी दिए।
प्रकाशित: २० मंसिर २०७२ १९:५३ आइतबार





