१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

चुरेभावर कार्यकर्ताले भारतीय मोटरसाइकल जलाए

सर्लाही— लालबन्दी नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गमा चुरेभाबरका कार्यकर्ताले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल आगजनी गरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विआर ०६ एए १४३९ र विआर ३० एच १३०५ नम्वरको मोटरसाइकलमा चुरे कार्यकर्ताले जलाएका हुन्। मोटरसाइकल जलेर पूर्णरुपमा क्षतिग्रसत भएको छ।यसैगरी सर्लाही जानकीनगर–३ स्थित नहरमा जानकीनगरबाट मुर्तियातर्फ जादै गरेको ना.४ ख.४७०३ नम्बरको मारुती डिलक्स खाली बसलाई ७–८ वटा मोटरसाइकलमा आएका मधेशी मोर्चाका कार्यकर्ताहरुले ढुङगा प्रहार गर्दा अगाडी र पछाडीको दुबै तर्फको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ।

तोडफोड तथा आगजनी गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: १७ मंसिर २०७२ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App