१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

ट्याङ्करको सिल तोडेर बाटैमा डिजेल बिक्री गर्ने पक्राउ

चितवन– ट्याङकरको सिल तोडेर कालो बजारीका लागि डिजेल बेच्ने र किन्ने गरेको आरोपमा चितवन प्रहरीले मंगलबार राती तीनजनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कविलास– ६ सिमलताल नजिक नारायणगढ–मुग्लिन सडक खण्डबाट राती नौ बजे छ सय लिटर डिजेल बेच्दै गर्दा दुईजना ट्याङ्कर चालक र एकजना स्थानीय समातिएका हुन्।

पक्राउ पर्नेमा नाा ४ ख ३२५२ नम्बरको ट्याङ्कर चालक सुनसरी जिल्ला महेन्द्रनगर नगरपालिका–७ का २९ वर्षीय लवनारायण चौधरी, ना ४ ख ३९२७ नम्बरको ट्यांङ्कर चालक मोरङको बिराटनगर–५ बस्ने ३० वर्षका जिवश माझी रहेका छन्। त्यस्तै तेल खरिद गर्ने चितवन कविलासका ३९ वर्षीय श्याम थकाली पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

बिराटनगरबाट काठमाडौं थानकोटका लागि डिजेल लिएर आएको ट्याङ्करको सिल तोडेर दुई ट्यांकरबाट तीन तीन सय डिजेल निकालेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन अधिकारीले जानकारी दिए। चालकहरुले श्याम थकालीलाई लिटरको १ सय ५० रुपैयाँको दरले डिजेल बिक्री गरेको प्रहरीको भनाइ छ। ईलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोलीले उनीहरुलाई समाएको थियो।

लिटरको एक सय ५० रुपैयाँ किनेको डिजेल बजारमा चार सय रुपैयाँसम्म बिक्री हुने गरेको जनगुनासो व्यापक छ। पक्राउ परेका तीनजनालाई नै कालो बजारी तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गर्ने प्रवक्ता अधिकारीले बताए। अनुसन्धानका लागि उनीहरुलाई प्रहरी हिरासतमा राख्न चितवन जिल्ला अदालतबाट अनुमती लिएको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०७२ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App