२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

एकान्तमा एक्ली युवती लुट्ने पक्राउ

ललितपुर–एकान्तमा एक्लो महिला तथा युवती लक्षित गरी लुटपाटमा संलग्न एकजना व्यवसायिक लुटेरा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले स्कुटीको नम्बर परिवर्तन गरी जिल्लाका विभिन्न स्थानमा लुटपाटमा संलग्न पाटनढोकाका रिंकी डंगोललाई पक्राउ गरेको हो।प्रहरीले १७ कार्तिक साँझ सवा ६ बजे लुटिएकी रेस्मा महर्जनले बताएको हुलिया अनुसार डंगोलको पहिचान गरेको हो। नख्खु बस्ने रेस्मालाई एकान्तकुनामा एक्लै हिँडिरेका बेला डंगोलले झोला जर्वजस्ती थुतेर भागेका थिए।

डंगोलले लुटपाटमा प्रयोग गरेको बा.५६.प ९४१९ नं को स्कुटरको नम्बर परिवर्तन गर्दै लुटपाट गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले डंगोलका साथबाट रेस्माका लुटिएका सामान समेत बरामद गरेको छ। परिसरका डिएसपी किसन सिंह थापाले डंगोलले ललितपुरका विभिन्न स्थानमा पैदल हिँडने महिलालाई लक्षित गर्ने गरेको बताए। उनले डंगोलको संलग्नताका अन्य घटनाका बिषयमा अनुसन्धान भै रहेको बताए।

प्रकाशित: ३० कार्तिक २०७२ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App