युपी ५३ ए ९८५६ नम्वरको भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरुले व्यक्तिगत कामको शिलशिलामा त्यहाँ गएका कँडेललाई ६ राउण्ड लोड भएको रिभल्वरबाट गोली प्रहार गर्न खोजेको अवस्थामा स्थानीयवासीको सहयोगमा अंगरक्षक प्रहरी नायव निरीक्षक दीपक घिमिरेले हतियार खोसी दुवै जनालाई नियन्त्रणमा लिएका थिए ।
उनीहरुले प्रयोग गरेको मोटरसाइकल स्थानीयबासीले आगजनी गरेर क्षति बनाएका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।
प्रकाशित: १३ कार्तिक २०७२ ०५:०५ शुक्रबार





