६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

भण्डारीकाे गाउँमा दिपावली

भोजपुर–एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै खुसियालीमा उनको जन्मगाउँ र जिल्लामा दिपावली गरिएको छ।भण्डारी जन्मेको भोजपुरको मानेभज्याङ गाविस र उनको जन्मगाउँ आम्बोटे र भोजपुर सदरमुकाममा खुसियाली स्वरुप दिपावली गरिएको हो। बुधबार राष्ट्रपतिमा चुनिएकी विद्या भण्डारी भोजपुरको दुर्गम गाउँ मानेभन्ज्याङ गाविस–१ आम्बोटेमा २०१८ असार ५ गते जन्मेकी हुन्।

नेपालको इतिहासमै पहिलो पटक प्रथम महिला राष्ट्रपति बनेको खुसियालीमा एमाले भोजपुरले पार्टी कार्यालय अगाडी दिपावली गरेको छ भने गाउँमा पनि दिपावली गरिएको हो । जिल्लाको विकट गाउँमा जन्मेर देशको सर्वाच्च पदमा भण्डारी पुगेपछि जिल्लाबासी खुसी भएका छन्।

प्रकाशित: ११ कार्तिक २०७२ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App