९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

विद्यादेवी भण्डारी प्रथम महिला राष्ट्रपति

काठमाडौं– गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एमाले उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। अाधुनिक नेपालकाे इतिहासमा उनी पहिलाे महिला राष्ट्रपति हुन्। बुधबार व्यवस्थापिका संसदमा भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दै पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी हुन्। कुल मतदाता ५ सय ९७ मध्ये ५ सय ४९ मत खसेकाे थियाे भने ४७ जना सांसद अनुपस्थित थिए भने एक जना निलम्बित छन्।भण्डारीको पक्षमा ३ सय २७ र गुरूङकाे पक्षमा २ स १४ मत परेकाे छ। ८ मत बदर भएकाे छ।

 

भण्डारी पति नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपछि राजनीतिमा पुनः सक्रिय भएकी हुन्। मदनको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विद्याले कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पराजित गरेकी थिइन्। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा उनले तत्कालीन सभामुख दमननाथ ढुंगानालाई पराजित गरिन्।

पतिको निधनपछि मात्रै राजनीतिमा आएको देखिए पनि भण्डारीको पार्टीसँगको आबद्धता निकै पुरानो हो। उनी २०१८ सालमा भोजपुरको मानेभञ्ज्याङको पाण्डे परिवारमा जन्मेकी हुन्। २०३५ सालमा भोजपुर क्याम्पसमा अध्ययन गर्दा नेकपा मालेको सम्पर्कमा आएकी उनी युवा लिगकी संगठित हुन्। मालेको भ्रातृ संगठन अनेरास्ववियु पाँचांैबाट राजनीति गरेकी विद्याको २०३९ सालमा मदनसँग विवाह भएको थियो।

भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष छिन्। २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

उनी हाल समानुपातिकबाट संसद छिन्। भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन्। पार्टी राजनीतिमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेकी भण्डारी समाकालीन नेपाली नेत्रीहरूमा सबैभन्दा शक्तिशाली मानिन्छिन्। भण्डारीका २ छोरी छन्।

नयाँ राष्ट्रपतिका पुराना दश तस्बिर यस्ता छन्।

प्रकाशित: ११ कार्तिक २०७२ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App