२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

कस्तो छ राष्ट्रपति चुनावको मतपत्र?

काठमाडौं— राष्ट्रपति निर्वाचनका लागि संसद सचिवालयले नमुना मतपत्र सार्वजनिक गरेको छ। केहीबेर अघि तयार पारिएको नमुना मतत्रअनुसार राष्ट्रपति चुनाबमा मतदान गर्ने सांसदहरुले आफ्नो नाम, हस्ताक्षर तथा क्रम संख्या उल्लेख गर्नुपर्नेछ।

अधकट्टीमा उल्लेख भएको सो भाग निर्वाचन समितिले कार्यालय प्रयोजनका लागि राख्नेछ।

अधकट्टीको अर्को भागमा राष्ट्रपतिका उम्मेदवारद्वय कुलबहादुर गुरुङ तथा विद्यादेवी भण्डारीको नाम उल्लेख छ। आफूले मतदान गर्न चाहेको उम्मेदवारको नामभन्दा दाहिनेतिर भएको मत संकेत गर्ने क्षेत्रमा 'ठीक' चिन्ह लगाउनुपर्नेछ।

ल्याप्चे लाउने तथा हस्ताक्षरको झन्झट नहुने गरी सजिलोसँग मतदान गर्ने व्यवस्था समितिले तयार पारेको छ। गोप्य रुपमा 'ठिक' चिन्ह लगाइसकेपछि सांसदहरुले मतपेटिकामा मतपत्र खसाउने व्यवस्था निर्वाचन समितिले गरेको छ।

यस्तो छ मतपत्रकाे नमुना

matpatra

प्रकाशित: १० कार्तिक २०७२ २३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App