जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
शनिबार आयोजित एक कार्यक्रमका बीच उनीहरू औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।
उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले वामपन्थी शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै बज्राचार्यको आगमनले पार्टीलाई थप शक्ति र ऊर्जा मिलेको बताए।
उनले देशको समृद्धि र समाजवादको यात्रामा अघि बढ्न सबै कम्युनिस्ट र प्रगतिशील शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।




प्रकाशित: ३ माघ २०८२ १८:२१ शनिबार





