बनेपा— काभ्रेपलाञ्चोकको देवीटार गाविस–८ स्थित चमारेडाँडामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।घरायसी झगडाले उग्र रुप लिँदा २० वर्षीय छोरा विजय तामाङले करिब ४३ वर्षीय गणेशबहादुर तामाङलाई गएराति कुटपिट गर्दा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
हत्या गरेर फरार भएका विजयलाई सोही गाविस–१ बाट पक्राउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित: ९ कार्तिक २०७२ २२:४८ सोमबार