४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

आन्दोलनकारीले ट्रकमा लाेड गरेकाे खाद्यान्न लुटे, चार जना पक्राउ

पर्सा—वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मा चोकमा शुक्रबार बेलुका एउटा मिनी ट्रकमा लोड गरिएको खाद्यान्न आन्दोलनकारीले लुटेका छन्। बन्द अवज्ञा गरी खाद्यान्न अन्यत्र पुर्याएको आरोप लगाउँदै ना४ख ४७७४ नम्बरको मिनी ट्रकमा लोड रहेको दैनिक उपभोग्य वस्तुलाई आन्दोलनकारीले लुटेको प्रहरीले जनाएको छ।चामल, दाल, नुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वीरगन्जबाट चितवनका लागि लैजाने तयारीमा राखिएको मिनी ट्रकलाई लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मिनी ट्रकबाट खाद्यान्न लुटेको अभियोगमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

मिनी ट्रकबाट लुटपाट गरिएका केही वस्तु बरामद गरे पनि आघाभन्दा बढी खाद्यान्न हराइरहेको प्रहरीले बतायो। पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ६ कार्तिक २०७२ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App