४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं- सातौं राष्ट्रिय खेलकुदअन्तर्गत १९ औं राष्ट्रिय पौडी प्रतियोगितामा बिहीबार तीन राष्ट्रिय कीर्तिमान कायम भएको छ। सातदोबाटोस्थित पौडी पोखरीमा भएको खेलमा शिरीष गुरुङले ४ सय मिटर फ्रिस्टायल र २ सय मिटर व्यक्तिगत मिड्लेमा दुई राष्ट्रिय कीर्तिमान बनाए। अर्को कीर्तिमान महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बनेको थियो।

आर्मीका शिरीषले ४ सय मिटर फ्रिस्टायलमा ४ मिनट ३६.७८ सकेन्ड बनाए। उक्त दुरीमा उनकै नाममा २०१३ मा काठमाडौंमा भएको दोस्रो एनएसए कपमा ४ मिनेट ४७.३८ सेकेन्डको थियो। उक्त दुरीमा सेनाकै देवेश मानन्धर र दिपेश चौधरी क्रमशः दोस्रो र तेस्रो भए। शिरीषले २ मिनेट २७.०३ सेकेन्डको २ सय मिटर व्यक्तिगत मिड्लेमा नयाँ कीर्तिमान बनाए। उनकै नाममा २०१३ मा भएको एनएसए कपमा २ मिनेट ३०.२५ सेकेन्ड समय थियो। आर्मीका कृपा कार्की दोस्रो र रुपेश चौधरी तेस्रो भए।

शिरीषले दोस्रो दिन थप ६ स्वर्ण पदक जितेका छन्। उनले पहिलो दिन एक राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण नै जितेका थिए।

४ गुणा १०० मिटर रिलेमा मध्यमाञ्चलका जितज्वली महर्जन, तिसा शाक्य, ओसिना भारती र रसिका पौडेलले ५ मिनट ०८.९४ सेकेन्डको नयाँ कीर्तिमान बनाए। उक्त दुरीमा १९९९ मा काठमाडौंमा सम्पन्न आठौं साफ खेलकुदमा लक्ष्मी, रुबिना, रुना र स्तुतिको नाममा ५ मिनेट ०९.५८ सेकेन्डको कीर्तिमान कायम थियो।

प्रतियोगिता शुक्रबार सकिनेछ।

प्रकाशित: २८ आश्विन २०७२ २१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App