७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

धुलिखेलमा माउन्ट एभेरेष्ट तेक्वान्दो

काभ्रे- विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला आमन्त्रण गुडविल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण जितेकी हुन्। उनले फाइनलमा सस्मिनी बस्नेतलाई हराइन्।महिला ३०–३५ केजी तौलमा सलिना लामा, ४५–५० केजीमा टि्वंकल बम र खुला कलरबेल्ट प्याट्रनमा सस्मिनी बस्नेतले स्वर्ण जिते। सलिनाले अनिता कार्की, टि्वंकलले मेरिसा बनेपाली र सस्मिनीले प्रिया दर्शनी ठाकुरलाई हराए।

तेक्वान्दो आइटिएफ नेपालको आयोजनामा भएको एकदिने प्रतियोगितामा पुरुष ५०–५५ केजीमा प्रतीक प्रजापति, ५०–५५ केजीकै फस्ट गपमा किरण दानी, जुनियर ५५–६० केजीमा बादल गौतम विजयी भए। पुरुष ६०–६५ केजीमा कुशेश्वर यादव स्वर्ण जिते।

२०–२५ केजीमा परिवर्तन केसी, २५–३० केजीमा नरेन्द्रनाथ योगी, ३०–३५ केजीमा मुकेश सितिखु, ३५–४० केजीमा विवेक श्रेष्ठ, ४०–४५ केजीमा नीरज काफ्ले र ४५–५० केजीमा सामुयल लिम्बुले पहिलो स्थान पाए।

त्यस्तै खुला कलर बेल्ट प्याट्रनमा सासमन बस्नेतले र ब्ल्याक बेल्ट खुला प्याट्रनमा न्युजिल्यान्डका मार्क इलियोट विजयी भए। प्रतियोगितामा नेपाली बाहेक तीन अस्ट्रेलियन, न्युजिल्यान्ड, भारत र बंगलादेशका १–१ खेलाडी सहभागी थिए।

विजेता खेलाडीलाई युनाइटेड आइटिएफ अस्ट्रेलियाका अध्यक्ष एवं ग्रान्ड मास्टर मिचेल मुलेटा, आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत लगायतले पुरस्कृत गरे।

आइटिएफ नेपालले वैशाख १२ को भूकम्पमा घर क्षति भएका खेलाडी गयाजी खड्कालाई ३ हजार ४१ हजार रुपैयाँ सहयोग प्रदान गर्योा। सोही भूकम्पमा परी ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको परिवार र नेपाल पत्रकार महासंघ काभ्रेलाई समान १० हजार प्रदान गरिएको थियो। आइटिएफ नेपालको आयोजनामा आइतबार सेमिनार हुने बताइएको छ।

प्रकाशित: २ आश्विन २०७२ २१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App