१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

रक्तचन्दन तस्कर पक्राउ

काठमाडौं– रक्तचन्दन तस्करी कसुरमा दोषी ठहर गर्दै अदालतबाट एक वर्ष कैद र नौ लाख रुपैयाँ जरिवाना तोकिएका रुद्रनारायण तिमिल्सिना पक्राउ परेका छन्।जिल्ला अदालत काभ्रेले २ वर्ष अघि उनी रक्तचन्दन तस्करीमा संलग्न रहेको फैसला गर्दै उनीविरुद्ध कैद र जरिवाना फैसला गरे पनि उनी फरार थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा बुझाएकोमा अदालतले डिल्लीबजार कारागार पठाएको छ।

२०६८ भदौ १६ मा प्रहरी टोलीले काभ्रेको पाँचखाल–६ मा काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको बा ६ च ४०३८ नम्बरको कारमा ६ सय ३ किलो रक्तचन्दन फेला पारेको थियो।

संरक्षित वन पैदावारको सूचीमा रहेको रक्तचन्दन ओसारपसारमा तिमिल्सिना संलग्न भएको प्रमाणित गर्दै अदालतले उनलाई वन ऐन, २०४९ अनुसार २०७० जेठ ५ मा सजाय सुनाए पनि उनी पक्राउ परेका थिएनन्।

अदालतबाट कैद सजाय सुनाइएकाको खोजी क्रममा ब्युरोले सिन्धुपाल्चोक धुस्कुन–१ का तिमिल्सिनालाई काठमाडौंको कोटेश्वरमा रहेको सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रकाशित: २९ भाद्र २०७२ २०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App