सोही उमेरको गर्ल्समा एभिएमकी दीक्षा तामाङ विजेता भइन्। उनले फाइनलमा लसता महर्जनलाई ८–११, ११–४, ११–९, ११–३ को सेटमा हराइन्। ज्ञानमन्दिरकी अनुष्का प्रसाईं र एभिएमकी सिक्का सुवाल तेस्रो भए।
यु–१६ का विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले २–२ हजार नगद पुरस्कार पाए।
टिम इभेन्टको ब्वाइज र गर्ल्स दुवैमा एभिएम पहिलो भयो। एभिएमले ब्वाइजमा प्रोक्सिमा एकेडेमीलाई ३–१ तथा गर्ल्समा प्रभातलाई ३–० ले हरायो।
ब्वाइज यु–१२ सिंगलमा एभिएमका संयोग कपालीले प्रोक्सिमाका रेखन तामाङलाई ११–९, ११–४, ११–८ ले हराएर स्वर्ण जिते। प्रोक्सिमाका मदन तामाङ र ग्यालेक्सी पब्लिकका उपेन पराजुली तेस्रो स्थानमा रहे। गर्ल्सतर्फ प्रभातकी अञ्जु सुवाल पहिलो भइन्। यु–१२ मा विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेस्रोले १–१ हजार नगद पुरस्कार जिते।
विजेता खेलाडीलाई अखिल नेपाल टेबलटेनिसका अध्यक्ष चतुरानन्द राजवैद्य, पुष्पकुञ्जका संस्थापक प्रिन्सिपल एकबहादुर आले, सोफेसका अध्यक्ष रामकृष्ण महर्जन, जनाधार क्याम्पसका अध्यक्ष माधवलाल महर्जन लगायतले पुरस्कृत गरे।
प्रकाशित: २६ भाद्र २०७२ २०:३६ शनिबार





