आयोजक युएस टेनिस संघको 'सुपर शनिबार' को तालिका बिग्रिएको पहिलोपल्ट हो। नियमित तालिकाअनुरुप शनिबार पुरुष सेमिफाइनल र महिलाको फाइनल हुने गर्थ्यो। तर, यो वर्ष शुक्रबार आर्थर एस रंगशालामा चार खेल सँगै हुनेछ।
नम्बर एक सेरेनाले इटालीकी ४३औं वरीयताकी रोबर्टा भिन्सीविरुद्ध खेल्नेछिन्। त्यसअघि रोमानियाकी दोस्रो वरीयताप्राप्त सिमोना हालेपले इटालीकै २६औं वरीयताकी फ्लाभिया पेनेट्टाको सामना गर्नेछिन्।
सेरेनाले यसअघि नै टेनिसका चार मुख्य उपाधि जितिसकेकी छन्। जुन स्टेफी ग्राफले १९८८ मा जितेपछिको पहिलो हो। सेरेना जर्मनीकी ग्राफले जितेको २२ ग्रान्ड स्लाम उपाधिसँग बराबरी गर्ने लक्ष्यमा छिन्। ३३ वर्षीया अमेरिकी सेरेना लगातार चौथोपल्ट युएस ओपेनको उपाधि जिते क्रिस इभर्टको कीर्तिमानसँग पनि बराबरी गर्नेछिन्।
सर्बियाका विश्व नम्बर एक नोभाक जोकोभिचले विम्बल्डन र अस्ट्रेलियन ओपनको उपाधि जितिसकेका छन् भने आइतबार हुने युएस ओपन सेमिफाइनलका लागि क्रोएसियाकामारिन किलिकविरुद्ध खेल्नेछन्।
त्यस्तै फ्रेन्च ओपेन विजेता स्विट्जरल्यान्डका पाँचौं वरीयताप्राप्त स्टेन वावरिन्काले १७औं पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररको सामना गर्नेछन्। स्विस स्टार फेडेररले सन् २०१२ पछि कुनै पनि ग्रान्डस्लाम जितेका छैनन् भने २००८ पछि युएस ओपन पनि जित्न सकेका छैनन्।
प्रकाशित: २५ भाद्र २०७२ २०:२१ शुक्रबार

