६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

विवादमा गोली हान्ने पक्राउ

काठमाडौं- सामान्य विवादमा काठमाडौं जोरपाटी नारायणटारमा गोली प्रहार गरेको आरोपमा प्रहरीले तेन्जिङ शेर्पालाई हतियारसहित पक्राउ गरेको छ। रेस्टुरेन्टमा भएको विवादमा राजकुमार वाइबालाई गोली हानेको आरोपमा उनी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले घाइते वाइबाको भनाइ उद्धृत गर्दै दुवैबीच विवाद हुँदा शेर्पाले गोली हानेका थिए। हड्डीमा सामान्य चोट मात्रै रहेकाले प्रहरीले वाइबालाई पनि अनुसन्धानको दायरामा राखेको छ।

दोलखाका शेर्पा पाँच वर्षअघि भारतीय सेनाको जागिर छाडेर नेपाल फर्केका थिए। उनी स्वयम्भूमा बस्दै आएका थिए। नारायणटारस्थित हेलम्बु बसपार्क अगाडिको एउटा रेस्टुरेन्टमा बसेका दुवैबीच विवाद बढेपछि शेर्पाको समूह बाहिर निस्केर आफूलाई 'आँखा चिम्ली' भन्दै गोली हानेको वाइबाले प्रहरीलाई जानकारी दिएका छन्। तीन दिन अगाडि मात्रै वाइबा साउदी अरबबाट आएका हुन्।

गोली चलेको सूचना आएपछि प्रहरी घटनास्थलमा पुग्दा दुवै त्यहीं थिए। प्रहरीले शेर्पाका साथबाट पेस्तोल र म्यागजिन फेला पारेको छ। घटना र हतियारबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

एसएसपी खनालका अनुसार वाइबालाई सामान्य चोट लागेको छ। वाइबाले दिएको जानकारी र घटनास्थलको प्रकृति मेल नखाएकाले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए।

'अहिलेसम्मको अनुसन्धानमा सामान्य विवादमै गोली हानेको देखिएको छ,' खनालले नागरिकसँग भने, 'शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।'

प्रकाशित: २० भाद्र २०७२ १९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App