५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

साँखु बजारमा चोरी बढ्यो, प्रहरी हैरान

साँखु—गतहप्ता साँखुका विभिन्न ठाउँमा चोरी भएको खबर प्राप्त भएको छ। यसले महानगरीय प्रहरी प्रभाग, साँखुका सुरक्षाकर्मीहरुलाई हैरानी भएको छ।गत भदौ १० गते राति साँखु साल्खाटोलको विनोद श्रेष्ठको पसल फोरेर सूर्य चुरोट १५ पेटीलगायत चार बाकस चुरोट चोरी भएको छ। उक्त चोरीमा करिब रु एक लाख हाराहारीको नोक्सान रहेको विनोद श्रेष्ठको दाबी रहेको छ।

त्यसैगरी, सोही राति साँखु धुँलाटोलको हाकुज रेष्टुराँबाट ३२ इन्चको एलइडीको साथै एक बोटल भोड्का चोरी भएको छ। उक्त चोरीमा करिब ४० हजारको क्षति भएको भनाइ हाकुज रेष्टुरेन्टको रहेको छ। सोही राति साल्खाटोलकै योगेन्द्र बसीको पसलको ताल्चासमेत फोरिएको छ। तर त्यहाँ कुनै पनि प्रकारको चोरी भएको खबर आएन।

त्यसपछि, गत सोमबार राति प्रहरी प्रभागबाट करिब ५० मिटरको हाराहारीमा रहेको शङ्खरापुर नगरपालिकाबाट ताला फोरेर दुई थान कम्प्युटर सेट चोरी भयो। त्यसैगरी, गत बिहीबार रातिसमेत साँखु बजारभन्दा अलि अगाडि रहेको साँखु इलाका स्वास्थ्य कार्यालयसँगै रहेको प्रकाश स्याङ्बो (आशा) को घरमा रहेको रेष्टुराँको टिभीलगायतका सामग्री चोरिएको छ ।

यसपछि, प्रहरी टोलीले रातभर विभिन्न ठाउँमा खोजी कार्य गरे तापनि चोर समात्न सकिएन। यसले गर्दा महानगरीय प्रहरी प्रभागका सुरक्षाकर्मीहरु हैरान भएका छन्। सर्वसाधारणको गुनासो र माथिल्लो निकायको खप्की खानुपर्दा सुरक्षाकर्मीलाई हैरानी भएको हो। रासस

प्रकाशित: १८ भाद्र २०७२ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App