पोखरेली मित्र पनि अंग्रेजी विषय पढेका 'प्रतिभाशाली' नै हुन्। ती मित्रको सूत्र लगाएर मैले सोचे"– नेपाली साहित्य सबैभन्दा धेरै नेपाली मातृभाषीले पढ्छन्। यो स्वाभाविक पनि हो। तर, के मातृभाषाको साहित्य पढ्ने प्रतिभाहीन भएकै कारण हो? उनको सूत्रानुसार आफ्नो भाषाको साहित्य पढ्ने लठ्ठकहरू हुन् र लठ्ठकहरूले लेख्ने समीक्षा स्तरहीन हुन्छ। अर्थात्, अंग्रेजी वा गणित पढ्नेहरू मात्रै प्रतिभाशाली हुन्छन् र उनीहरूको लेखन नै शक्तिशाली हुन्छ। साथीको तर्क सुनेर म एकछिन चकित परे"। यो कुनै नया" तर्क थिएन र यसैले चकित पार्नुपर्ने कारण पनि थिएन। सत्ताको प्रभुत्वलाई मात्रै सत्य देख्नेहरूले यस्तो 'पांग्रो' उहिल्यै पत्ता लगाइसकेका थिए। बरु म चकित त किन परे" भने यी मित्रलाई बुझ्ने मेरो दृष्टि भिन्न थियो। उनी केही समययता पोखरामा बसेर उल्लेखनीय सक्रियता प्रदर्शन गरिरहेका युवा हुन्। बजारमा आएका नया"–नया" पुस्तक पढ्ने, अखबारमा प्रकाशित सामग्रीबारे बहस गर्ने र चर्चित भनिने पुस्तकको विमर्श गर्ने काममा यिनी अघिल्लो लहरमा पर्छन्। पठन क्षेत्रमा बुज्रुक र पढाकु युवाको परिचयमा उनले अघिल्लो वर्ष काठमाडौँको एक बहसमा सहभागिता पनि जनाएका थिए। त्यस्ता पढाकु मान्छेमा यस्तो बिमार बा"की बसेको थाहा पाएर म जिल् परेको हु"।
तर, यो इटहरीका कार्यपत्रकर्मी वा पोखराका पुस्तकप्रेमी साथीको व्यक्तिगत बिमार होइन। सत्ताको भाषालाई सही र सत्ताहीनहरूको भाषालाई गलत वा निकृष्ट देख्ने दृष्टि कुनै एक व्यक्तिको अन्वेषण होइन, यो सत्ताले बनाइदिएको चेतना हो। सत्तासीनको भाषा वा संस्कृतिमा पोख्त हुनेहरू प्रतिभाशाली लेखक † मातृभाषामा लेखपढ गर्नेहरू कमजोर लेखक † अमेरिका यतिखेर सबैभन्दा शक्तिशाली छ, तसर्थ उसैको भाषा र संस्कृति श्रेष्ठतम † नेपाल कमजोर छ, तसर्थ नेपालीमा लेख्नेहरू तुच्छतम † फलानाजी अंग्रेजीमा उच्चशिक्षा पढेका तसर्थ उनी आदरणीय † ढिस्कानाजी नेपाली विषयमा पनि पल्ट्याङ खाएका तसर्थ उनी दयनीय † जो अंग्रेजी जान्दछ, उसले लेखेको उत्कृष्ट † जसको अंग्रेजीसम्म पहु"च छैन, उसको लेखन निकृष्ट † यो चिन्तनले अन्ततः कस्तो निष्कर्षमा पुर्याुउ"छ? त्यस्तो निष्कर्षमा, जसले अंग्रेजीमा लेख्ने सम्राट उपाध्याय शक्तिशाली देख्छ, गैरअंग्रेजी लोककविहरू कोइ न कोइ? अंग्रेजी लेख्ने चेतन भगत महान्, पञ्जाबीमा लेख्ने पाश कोई न कोई † अंग्रेजी पढाउने अभिगुरु हाई हाई, नेपाल भाषा पढाउने माणिकगुरु कोई न कोई †
म देख्छु, यस्तै चिन्तनसूत्रमा बा"धिएर एकथरि साथीहरू शक्तिको सांस्कृतिक हतियार बनेका छन्। उनीहरू अंग्रेजी पढेका छन् भने एक नम्बरी अंग्रेजी नै देख्छन्, संसारका बा"की भाषा दुई नम्बरी। नेपाली मात्रै पढेका छन् भने एक नम्बरमा नेपाली देख्छन्, नेपालकै बा"की भाषा सबै दुई नम्बरी। उनीहरू आफू पहिलो दर्जाको पाठक वा लेखक भएको देखाउन अंग्रेजी पुस्तकको चर्चा गर्छन्, पढ्छन्। कहिलेकाही" मात्रै उनीहरू नेपाली भनिने 'कमजोर'हरूको साहित्य पढ्छन्। नेपालभित्रैका अन्य भाषाको सिर्जनाको शक्तिसम्म त ती कहिले पुग्नु? अंग्रेजीमा नलेखिएका पूर्ण वैद्यका कविता यिनले कहिले पो पढ्लान्? भोजपुरीमा गाइएका गोपाल ठाकुरका गीत यिनले किन पो सुन्लान्? काठमाडौँले बुझ्नै नखोज्ने देउडाको यिनलाई क्या मतलब? कक्षाकोठामा पढेको अंग्रेजीलाई नै सर्वेसर्वा ठानेर कुदिरहेका यी साथीहरूका आ"खामा गैरअंग्रेजी लु सुन, गोर्की वा टाल्सटाय टल्कन्छन् कि टल्कन्नन्? मार्खेज, अचेबे वा गुंगीको आख्यान कमजोर कि बलियो?
साथीहरूलाई लाग्छ– सिर्जनशील वा समीक्षाचेती हुन पढालेखा हुनैपर्छ, त्यो पनि सत्ताको भाषामा पढालेखा। लेखक हुन सरकारी जा"च पास गर्नैपर्छ, त्यसमा पनि 'डिस्टिङ्सन' नल्याउने कमजोर हो। यी साथीहरू गरिब, अनपढ, किसान वा आदिवासीहरूको सिर्जनालाई हेय दृष्टिले हेर्छन्। लोकगीत, लोककविता र लोक आख्यान उनीहरूका लागि कुनै साहित्य नै होइन। सत्ताको भाषाभन्दा अर्को भाषामा लेखपढको अभ्यास गर्नेहरू 'कठै' र 'छिःछिः' भनिनु कुनै अनौठो कुरा भएन। एक समय थियो– मातृभाषामा लेख्दा राजकाजको मुद्दा लाग्थ्यो, जेल जानुपर्थ्यो। अहिले जेलै त जानुपर्दैन तर अपमानित गर्ने शृंखला जीवितै छ। संसारमा बोलिने र आफ्नै लिपि तथा साहित्य भण्डार भएका छ हजार भाषाहरू अहिले जीवितै छन्। भनिन्छ– भूमण्डलीकरणका नाममा अंग्रेजी भाषाको प्रभुत्व र अमेरिकीकरण यसरी बढाइ"दैछ, जसका कारण यो शताब्दीको अन्तसम्म आधाआधी भाषा मारिनेछन्। कुनै पनि भाषा मर्नु भनेको केवल भाषा मर्नु होइन, भाषास"गै एउटा सभ्यता, एउटा जीवनसंस्कृति र एउटा उत्पादनकर्म नष्ट हुनु हो। अहिले जानेर वा नजानेर चलिरहेको अंग्रेजीको महिमागान र मातृभाषाको अपमान त्यही सभ्यता–हत्याको एउटा अंग हो।
'उत्तरआधुनिक' भनाउ"दो अहिलेको युगलाई भाषिक र सांस्कृतिक गुलामीको युग पनि भनिन्छ। यतिखेर गैरअंग्रेजी भाषी हुनु नै दीनहीन हुनु ठान्नेहरूको मानसिकता हीनताग्रस्त छ। तसर्थ उनीहरू आफूलाई अंग्रेजी जान्ने देखाउन अंग्रेजी भाषाका पक्षमा लेख्दै–बोल्दै हिँडेका हुन्छन्। सामग्री सम्पन्नताका हिसाबले अंग्रेजी संसारको एउटा समृद्ध भाषा भएको छ। ज्ञानको ठूलो स्रोत यही भाषामा भण्डारित छ। तसर्थ बौद्धिक भनिने पेशामा रहेका व्यक्तिका लागि यो भाषा आधारभूत रूपमा सिक्नु र पढ्नु अनिवार्य जस्तै छ। तर, त्यसको अर्थ के होइन भने अंग्रेजी नजान्ने वा नपढ्नेहरू प्रतिभाहीन हुन्छन् र अंग्रेजी नपढेकै कारण कसैले कमजोर लेख्छ। भाषा सबैभन्दा पहिले मान्छेले आफ्नो भौतिक आवश्यकता पूर्तिका लागि सिक्छ। बौद्धिक कर्म वा ज्ञान आर्जन त्यसपछिको चरण हो। तर, रोजीरोटीका लागि अलिअलि सिकेको भाषाकै शक्तिभजन कसैले गर्छ भने त्यो दास मानसिकताको उपज हो।
भाषिक प्रभुत्वको जुवामुनि स्वतःस्फूर्त नारिएर अमेरिकी मिचाहावादको खेत जोतिरहेका थुप्रै युवाहरू देख्दा मलाई टिठ लाग्छ। साहित्य क्षेत्रकै सचेत युवाहरू पनि देशी मातृभाषाहरूको पैरवी गर्नुलाई जातिवादी र संकीर्ण देख्छन्। अझ त्यसमा पनि अधिकांश युवाहरू कक्षाकोठाभित्र पढेको अंग्रेजीलाई नै सबैथोक ठान्छन्। यी अंग्रेजीभक्तहरूको कक्षाकोठामा गोकुल जोशी वा जीवन शर्माका गीतको समीक्षा हु"दैन। यिनका गुरुको नोटबुकमा कीर्तिपुरका टोलटोलमा गाइने मिथिला भजनको सामाजिक सन्दर्भको व्याख्या कहिल्यै भेटिन्न। अपवादबाहेक शेक्सपियरदेखि शेक्सपियरसम्म र टीएस इलियटदेखि टीएस इलियटसम्म प्रदक्षिणा गरेर कक्षाकोठाको मूल कर्मकाण्ड पूरा हुन्छ। फेसबुकमा समेत नभेटिने विमल निभा अंग्रेजी कक्षाकोठामा भेटिन्नन्। अंग्रेजी नजान्ने खुशीरामको गै"तीबेल्चा पाठ्यपुस्तकमा पाइन्न। झलकमानको कर्खा अंग्रेजीप्रेमीलाई आफ्नो जस्तो लाग्दैन। मणि थापाको फोकल्यान्डको चिठी अंग्रेजी विद्यार्थीलाई सुनाइन्न। तर, 'हामी अंग्रेजी पढ्नेहरू हौ", के ठान्या छौ?' भनेर अहम् प्रदर्शन गर्न सायद सिकाइन्छ। अंग्रेजी कोर्सबुकबाट भर्खरै ओर्लेका कतिपय समीक्षकको लेखाइमा त्यही भाव झल्कन्छ।
भाषा आफैँमा खराब हु"दैन। हरेक भाषाले त्यस भाषाका प्रयोक्ताको समाज, संस्कृति, सभ्यता, उत्पादन, आविष्कार, ज्ञानविज्ञान आदिलाई अभिव्यक्ति दिन्छ। तर, विभाजित समाज वा शक्तिशाली भनिनेले कमजोरलाई शासित गर्ने युगमा भाषा पनि शोषण र शासनको अप्रत्यक्ष हतियार हुन्छ। ग्राम्सीले भनेको हेजिमोनीको शास्त्र यसमा पनि लागू हुन्छ। अहिले संसारभरि एकछत्र हालीमुहाली गर्दै हिँडिरहेको अमेरिकाको शासनको पहिलो माध्यम हातहतियार हो र दोस्रो हो भाषा–संस्कृति। भूमण्डलीकरणका नाममा ऊ आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो जीवनशैली र आफ्नो मालमत्तालाई सबैभन्दा उत्तम भन्दै संसारभरि जबर्जस्ती लादिरहेको छ। सक्छौ– डीभी चिट्ठा पारेरै भए पनि अमेरिका जाऊ † सक्दैनौ– संसारको जुन कुनामा बसे पनि अमेरिकीजस्तै बन, अमेरिकाको भक्ति गर † अमेरिकाले संसारभरि फैलाएको चिन्तन यही हो। कुनै बेला बेलायतले संसारभरि साम्राज्य फैलाउ"दा ऊ उही" पुगेर आफ्नो भाषा–संस्कृतिलाई श्रेष्ठतम भन्दै स्थापित गर्थ्यो। अहिले अमेरिका प्रविधिको दुरुपयोगबाट त्यही गरिरहेको छ।
अनि सबैभन्दा ठूलो दुर्भाग्य– अंग्रेजी साहित्य पढ्न भनेर विश्वविद्यालय भर्ना भएका नेपाली युवाहरू पासआउट हु"दा अंग्रेजी भाषाका अन्धभक्तको अवतारमा बजारमा आउ"छन्, अनि नेपाली साहित्यका निन्दक भएर निस्कन्छन्। अंग्रेजी भाषाभित्रै रहेको प्रतिरोधी, सामाजिक र गम्भीर अन्तर्वस्तु भएको साहित्यसम्म पुग्ने लेठो यिनीहरू गर्दैनन्, बजारले हावा भरेका बेलुनमार्के उपन्यासका पछि–पछि यी दगुर्छन्। यिनीहरू आफ्नो देश, आफ्ना वरिपरिका जनता, आफ्नो छेउछाउका भाषाको मौलिकताबारे कहिल्यै चासो राख्दैनन्, बरु दिल्लीतिर छापिने दोस्रो दर्जाका अंग्रेजी उपन्यास पढेकोमा गर्व गर्दै फेसबुक स्टाटस लेख्छन्। पा"च वर्ष कीर्तिपुर बसेर पा"च अक्षर नेपाल भाषा पनि सिक्दैनन्, बरु मातृभाषीलाई दोस्रो दर्जाका नागरिक देख्छन्। देश कसरी फेरिन्छ, राजनीति किन झुर छ भन्नेबारे यिनीहरू नै ठूलठूला गफ दिन्छन्। मानौ", देशमा समृद्धि वा समाजवाद कुनै हात्ती–घोडामा चढेर बिस्तारै–बिस्तारै आफैँ आइपुग्छ। गोपालप्रसाद रिमालले भनेजस्तो त्यो हुरी भएर आउला र आफू पात बनेर पछ्याउ"ला भनेर उनीहरू अंग्रेजी भजन गाउ"दै पर्खिबसेका छन्। एउटा भोजपुरी गीतमा गोरख पाण्डेय भन्छन्–
'समाजवाद बबुआ, धीरे–धीरे आयी...
हाथी से आयी, घोडा से आयी †
अङ्गरेजी बाजा बजायी...†'
अंग्रेजी बाजा बजाउ"दै नेपाली साहित्यको उत्थान पर्खेर बस्नेहरू बहुभाषिक देशमा 'नेपाली' भनिने साहित्य नै नेपाली हुन नसकेको यथार्थ कसरी बुझून्? सरकारी नेपाली भाषालाई समेत दोयम देख्नेहरू विभिन्न मातृभाषाको शक्तिलाई कसरी आत्मसात् गर्लान्?
प्रकाशित: ३१ श्रावण २०७२ ०४:५६ आइतबार





