९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

महिलालाई यातना दिन फेसबुकमा अश्लिल अन्तरक्रिया चलाउने पक्राउ

काठमाडौं—सामाजिक सञ्जाल फेसबुकबाट महिलाको पारिवारिक सम्बन्धमा खलल पुर्‍याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनेको भरमा चरित्र हत्या गर्ने नियतले आफ्नो फेसबुक वालमा अपुष्ट तथा व्यक्तिगत लान्छानायुक्त झुटो सन्देश पोष्ट गरी महिलालाई मानसिक यातना दिएको अभियोगमा विष्णुकुमार अधिकारी पक्राउ परेका हुन्।

उनले फेसबुक पोस्टमार्फत् महिलाको चरित्र हत्या हुनेगरी अन्तरक्रिया समेत गराउन खोजेको महानगरीय प्रहरी अपराध महाशाखाले उल्लेख गरेको छ। उनले आफूले नुबझेको नजानेको विषय समेत पोस्ट गरी महिलाको सामाजिक तथा पारिवारिक सम्बन्धमा खलल पुर्‍याएकाे प्रहरीले उल्लेख गरेको छ।

पीडित महिलाको उजुरीअनुसार अभियुक्त अधिकारीले उनको सम्बन्धबारे पोस्ट गरी अन्त्यमा ‘यो विषयमा तपाइँहरुको के कस्तो प्रतिक्रिया छ’ भनी अन्तरक्रिया चलाउने गरेका थिए।

त्यस्तो पोस्टमा अत्यन्त अश्लिल तथा अनैतिक कमेन्ट गरेर महिलालाई मानसिक यातना दिने गरेको उजुरीमा उल्लेख छ। ‘अत्यन्त अश्लिल वाक्य शब्दहरु प्रयोग गरी महिलाप्रति घृणा र द्वेष फैलाइ यातना दिने गरेको पाइयो’, अपारध महाशाखाले भनेको छ।

साउन १८ गते पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

प्रकाशित: २० श्रावण २०७२ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App