६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

अपहरित बालिकाको उद्धार, अपहरणकारी पक्राउ

पर्सा–भेडीहाडी–४ बस्ने मकुन हजाराकी छोरी १२ वर्षीया सरस्वती कुमारीको अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका–२ बस्ने ३० वर्षीय भुपेन्द्रप्रसाद साह, २३ वर्षीय रामकलश साह र २४ वर्षीय गोबिन्दप्रसाद चौहान रहेको प्रहरीले जनाएको छ ।सरस्वती गएराति पिसाब फेर्न घरबाहिर निस्केको अवस्थामा उनीहरुले बिआर २२ एम १८२१ नम्बरको मोटरसाइकलमा जबरजस्ती राखी लगेका थिए । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाले स्थानीयबासीको सहयोगमा पोखरीया नगरपालिका–२ बाट पीडित बालिकालाई सकुशल उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: १६ श्रावण २०७२ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App