५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

क्यानडा–अष्ट्रेलिया पठाउने भन्दै ठगी गरेको आरोपमा पास्टर पक्राउ

काठमाडौं– कामदार भिसामा क्यानडा र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सर्लाहीको लालबन्दी–१ का ३१ वर्षीय प्रताप भट्टलाई महानगरीय अपराध महाशाखाले पेप्सीकोलाबाट पक्राउ गरेको छ।


भक्तपुर दुवाकोट बस्दै आएका भट्टले विभिन्न पत्रपत्रिकामा 'क्यानडा, युरोप, अष्ट्रेलिया, वर्क भिषा स्योर' भनी मोवाईल नम्बरसहित विज्ञापन छापेको प्रहरीले जनाएको छ । त्यस्तै, 'क्यानडा, अष्ट्रेलिया डिपेन्डेन्ट म्यारिज' भनी मोबाइल नम्बर राखी विज्ञापन गरेका थिए।

उक्त विज्ञापन हेरेर काठमाडौं धापासी बस्ने कृष्ण कुवँरले सम्पर्क गर्दा २७ लाख रुपैयाँ लाग्छ भन्दै तत्काल २ लाख ७५ हजार रुपैयाँ चाहिन्छ भनी रकम माग गरेका थिए।

विदेश जाने प्रलोभनमा माग गरेको रकम दिए पनि काम नभएपछि पीडित कुँवरले महाशाखामा भट्ट विरुद्ध ठगी मुद्दा हालेका थिए। क्रिस्चियन धर्म मान्ने पास्टर भट्टले काभ्रे महांकाल घर हुने ढुप्साङ्ग लामा, पर्सा सुर्वणपुर घर हुने पर्वत श्रेष्ठ, रामेछाप घर हुने भरत मगरसमेतलाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ दिएमा चर्चमार्फत् सजिलै अमेरिका पठाइ दिन्छु भनी ३ लाख ६० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। भट्टलाई ठगी मुद्दामा कारवाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७२ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App