२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

२० सवारीसाधन तोडफोड र आगजनी

काठमाडौं–नेकपा माओवादी विप्लव समूहद्धारा गरिएको नेपाल बन्दको क्रममा शुक्रबार बन्दकर्ताहरुले देशका विभिन्न स्थानमा २० वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्या्एका छन्। तोडफोडमा संलग्न पुरुष १९७ र महिला ५ जना गरी २ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ४ जनालाई छानविन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ।

 

दूध बोक्ने गाडी पनि छोडेनन्
बालाजुमा ना.३ ख ४४३५ नम्वरको डिडिसि दुधको गाडी, कमलादीमा बा.१ ज ४३६७ नम्वरको गाडी, नेपालटारमा बा.१० च ६६४०, बसुन्धारामा बा.५ ख ८२५१, बौद्धमा बा.१ ज ५२५५ नम्वरको सवारी साधन तोडफोड गरेका छन् । ललितपुर : पुल्चोकमा बा.१ ज ५८३६, बा.१ ज ७३२२ र प्रयागपोखरीमा बा.३ ख ११०८ नम्बरको गाडीमा तोडफोड गरी क्षति पु-याएका छन्।

चितवन भरतपुर उपमहानगरपालिका–११ मा ना.३ ख ७५११ र बा.१ ख ६०८५ नम्वरको ट्रकमा ढुंगा प्रहार गरी शिसा फुटाएर क्षति पु-याएका छन्।

काभ्रे भुम्लुटार–६ स्थित काभ्रे र सिन्धुपाल्चोकको सिमाना अरनिको राजमार्गमा बा.१२ च ९५०२ नम्वरको मारुती भ्यान तोडफोड गरी क्षति पु-याएका छन्। धादिङ, नलाङमा बा.१० प १८४५, धादिङको सुगुरेखोलामा ना.४ ख ३६२२ नम्वरको सवारी साधनमा आगजनी गरी क्षति पु-याएका छन्।

मकवानपुर हेटौडा उपमहानगरपालिकामा बा.३ ख १९२५ नम्वरको सवारी साधन तोडफोड गरी क्षति पुर्यााएका छन् भने रुपन्देही खेरहनीमा बा.४ ख १९० नम्वरको सवारी साधन तोडफोड गरेका छन्।

यसैगरी नेपालगंज उपमहानगरपालिका–१९ स्थित स्नेह होटल अगाडी सिमान्त ईन्टर कलेजको युपि ४० टि ०७६३ नम्वरको म्याजिक भ्यान बिद्यार्थी लिन आउने क्रममा बन्दकर्ताहरुले भ्यानमा आगो लगाउँदा जलेर क्षति भएको छ। कुसुममा ना.५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरी क्षति पु-याएका छन्। नेपालगंज बसपार्कमा भे.१ ख ८०९र भे.१ ख ८५८ नम्वरको बसमा अगाजनी गरेर क्षति पु-याएका छन्।

कंचनपुरको भिमदत्त नगरपालिका–४ चमनचोकमा बन्दकर्ताहरुले म.१ ह ४६ नम्वरको टेम्पोमा ढुंगा प्रहार गरी अगाडीको सिसा फुटाई क्षति पु-याएका छन् ।

प्रकाशित: ८ श्रावण २०७२ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App