५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

२ सय ९२ किलो चरेश बरामद

मकवानपुर- क्षेत्रीय प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आग्रा–१ स्थित ऐसेलु खर्कबाट २ सय ९२ किलो चरेश सहित वानटन गाडी बरामद गरेको छ।


सोही ठाउँ बस्ने राजु थिङको घरमा आइतबार ना.४ ख ४८६२ नम्वरको वानटन गाडीबाट उक्त चरेश अनलोड गर्दै गरेका व्यक्तिहरुले प्रहरीलाई टाढैबाट देख्नासाथ चरेश र गाडी छाडेर भागेका थिए।
फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७२ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App