५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

हत्या आरोपी ज्वाइँ र ससुरा पक्राउ

भक्तपुर—सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते परिवारका सदस्यले हत्या गरेको आरोपमा माइती पक्षले घरका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। घटनालगत्तै प्रहरीले सविताका श्रीमान् सुरेश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो।

 

मृतक सविताको किरिया सकिएपछि ससुरा शिव र ज्वाइँ रञ्जित खतिवडालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिए।

किटानी जोहरी दिइएकामध्ये सासू माइलीलाई सविताको २८ महिनाको छोरा रेखदेख गर्ने मानिस नभएपछि अदालतमा हाजिर गराउने गरी निगरानीमा घरमै राखिएको र मृतककी माइती बस्दै आएकी आमाजू सङ्गीता खतिवडा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटना भएपछि यही असार १ गते स्थानीय महिलावादी सङ्घसंस्था, छिमेकी र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ३ नयाँबस्तीको माइती पक्षले महानगरीय प्रहरी परिषर भक्तपुरमा सविताको हत्या गरिएको भन्दै किटानी जाहेरी दिएको थियो। न्यौपाने परिवारले भने सविताको हत्या नभएको र आफूखुसी विष सेवनबाट मृत्यु भएको जिकिर गरेको छ। रासस

प्रकाशित: २२ असार २०७२ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App