६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

जवरजस्ती गर्ने विरुद्ध मुद्दा दायर

नुवाकोट–छिमेकी युवतीलाई ललाई फकाई जवरजस्ती करणी गर्ने एक वृद्धलाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा कारवाहीको लागि मुद्दा दायर गरेको छ।सदरमुकाम विदुरदेखि १५ किलोमिटर पूर्वमा रहेको खानीगाउँ गाविस– १ का ६० वर्षीय विष्णुबहादुर खड्काले सुस्त मनस्थिति भएकी छिमेकी किशोरीलाई जवरजस्ती करणी गरेको कारण कारवाहीको लागि प्रहरीले शुक्रबार नुवाकोट जिल्ला अदातलमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

सुस्त मनस्थिति भएकी १७ वर्षीया युवतीलाई यही असार १ गते अपरान्ह साढे ४ बजे मित लगाउने भन्दै घरमा लगेर वृद्ध खड्काले जवरजस्ती करणी गरेको प्रमाणित भएपछि उनी विरुद्ध कारवाहीको माग गर्दै परिवारका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा घरबाटै पक्राउ परेका वृद्ध खड्कालाई हदैसम्मको कारवाहीको माग गर्दै अदालतमा मुद्दा दायर भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०७२ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App