२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

श्रीमानद्वारा श्रीमतीको हत्या

गुल्मी–पल्लिकोट गाविसमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। पल्लीकोट– ३ की ४५ वर्षीया भिमकला सन्यासीलाई श्रीमान ५६ वर्षीय खिमबहादुर सन्यासीले बाँसको चिरपट प्रहार गरी हत्या गरेका छन्।मादक पदार्थ सेवन गरेर मात्तिएका उनले शुक्रबार साँझ गाविसको ठूला पोखरामा बाँसको चिरपटले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमती हत्याका आरोपित खिम बहादुरलाई प्रहरीको नियन्त्रणमा लिएको छ।

श्रीमान श्रीमती दुवैले मादक पदार्थ सेवन गरेर झगडा गर्ने क्रममा उनले श्रीमतीको हत्या गरेको पल्लीकोट स्वास्थ्यचौकीका इन्चार्ज श्याम सुन्दर पोख्रेलले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७२ २३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App