४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

अपहरणको नाटक गर्ने निर्माण व्यवसायी प्रहरी फन्दामा

रौतहट— अपहरणमा परेको नाटक गर्ने एकजना निर्माण व्यवसायी प्रहरी फन्दामा परेका छन्। साहुको ऋण तिर्नु नपरोस् भनेर अपहरणमा परेको नाटक गरी प्रहरीलाई दुःख दिएपछि प्रहरीले सखुअवा धमौरा–७ का छविलाल राउत कुर्मी, ४२ लाई पक्राउ गरेको हो।

बिहीबार राति चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ सुकुम्बासीटोलबाट उनी पक्राउ गरेका हुन्।

गत मंगलवार मध्यान्न राति राउतले ९८१७२७५१८६ नम्बर बाट कान्छो भाइ कृष्ण नन्दन राउतलाई घरमा फोन गरेका थिए। फोनम उनले आफू अपहरणमा परेको बताएका थिए। अपहरणकारीले कुटपिट गर्नुका साथै यातना दिइरहेको तथा मुक्त गर्नका लागि २० लाख रुपैयाँ फिरौती समेत माग गरिरहेको फोनमार्फत जनकारी गराएका थिए।

apaharan1

अपहरणको नाटक गर्ने छविलाल कुर्मीलाई सार्वजनिक गर्दै प्रहरी। तस्विर मदन ठाकुर

अपहरणमा परेका राउतलाई खोजतलास गर्न उनका आफन्त र रौतहट प्रहरीले उनको खोजी तिब्र पारेको थियो।

छविलाल अपहरणमा परेको खवर घरमा आउने वितिकै उनका परिवारजने बेपता भएका राउतको खोजिका लागी जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए। अपहरणको खबर पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा, चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालयबाट तत्तकालै प्रहरी परिचालित गरिएको थियो।

अपहरणमा परेर वेपता भएका कुर्मीले प्रयोग गरेको मोवाइलको आधारमा खोजि कार्यका लागि प्रहरीले बारा, सर्लाही र जिल्लाका विभिन्न संकास्पद स्थानहरुमा छापा मारेको थियो।

अपहरणमा परेका कुर्मिले एकदिन अघि सुकदेव चौकमा हार्डवेयर पसल सञ्चालक वीरेन्द्र राउतसँग भेटन गएको जानकारी गराउँदै अपहरणको नाटक गरेका थिए।

अपहरणमा परेका कुर्मीले दोस्रो दिन फेरि घरमा फोन गरेर सुकदेव चोकका व्यवसायी वीरेन्द्र पटेलले अपहरण गरी सर्लाही जिल्लाको छनकी भन्ने स्थानमा राखेको परिवारजनलाई जानकारी गराएका थिए।

प्रहरीले अपहरणकारी र अपहरितलाई तीन दिनसम्म व्यापक खोजि गरेको थियो। बिहीबार राति कुर्मी चन्द्रपुरको नयाँ बस्तीवाट भेटिएका थिए। अपहरणकारीले मोटरसाइकलमा राखेर लैजादै गरेको अवस्थामा अपहरणकारीको मोटरसाइकल हिलोमा चिप्लिएर लडेपछि उनीहरुको चन्गुलवाट आफू भागेको उनले प्रहरी समक्ष वयान गरेका थिए।

कुर्मीको अपहरणबारे प्रहरीलाइ शंका लागेपछि अनुसन्धान थालेको थियो। प्रहरी अनुसन्धानले साहुको पैसा पचाउन अपहरणको नाटक गरेको पुष्टि भएको छ। उनले पनि सो कुरा स्वीकारेका छन्। अपहरणबारे प्रहरीले खोजी गर्दा शंकास्पद केही प्रमाणहरु फेला नपरेपछि प्रहरीले अपहरणमा परेका व्यक्तिमाथि नै अनुसन्धान केन्द्रीत गरेको थियो ।

सानातिनो निर्माण व्यवसायीको रुपमा काम गर्ने कुर्मीले आफूले १२ लाख भन्दा बढी रकम उधारो लिएको र वीरेन्द्रको हार्डवेयरका पसलमा पनि झण्डै छ लाख रुपैया तिर्न बाँकी रहेकोले तिर्न नपरोस् भन्ने उद्देश्यले अपहरण नाटक गरेको कुर्मीले स्वीकार गरेका छन्।

पक्राउ परेका कुर्मीलाइ केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ अन्तर्गत कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक सुधिर राज शाहीले बताए।

प्रकाशित: १८ असार २०७२ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App