५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

बुटवलमा डाका गर्ने ४ जना पक्राउ

रुपन्देही— हतियार देखाई धनमाल चोरी गरी फरार रहेका चार जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–१० बस्ने विश्वास श्रेष्ठ, विकाश न्यौपाने, मैनिहवा–१ बस्ने प्रभु दयाल हरिजन र बर्दीया खैरापुर–९ घर भई बुटवल नगरपालिका–१३ बस्ने निरु गुरुङ रहेका छन्।

 

उनीहरुबाट प्रहरीले १—१ राउण्ड गोली लोड भएको पेस्तोल २ थान, कटुवा पेस्तोल १ थान, खाली कटुवा पेस्तोल १ थान र घटनामा प्रयोग भएको मोटरसाइकल २ थान समेत बरामद गरेको छ।

असार १३ गते बुटवल उपमहानगरपालिका–१४ ढवाहमा रहेको सिद्धार्थ हाडवर्यरबाट पेस्तोल देखाई धनमाल डाका गरी फरार रहेका उनीहरुलाई विहीबार प्रहरीले पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको हतियार बुटवल नगरपालिका–१० स्थित न्यु कलश होटलमा काम गर्ने विकास न्यौपानेलाई राख्न दिएको खुलेको छ। प्रहरीले होटलको किचनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद गरेको छ।

प्रकाशित: १८ असार २०७२ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App