३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

सुन र पैसा राखेको सहकारीको सेफ चोर्ने पक्राउ

काठमाडौं— वैशाख १२ गतेको भूकम्पबाट जनजीवन आतंकित बनेको मौकापारी सामाखुशी चोकको जनमिलन सहकारीको संस्थाबाट ७ लाख रुपैयाँ र ४३ तोला सुन भएको सेफ चोर्ने व्यक्ति पक्राउ परेका छन्।

सो अभियोगमा नुवाकोट भाल्चे ९ स्थायी ठेगाना भएका मेकलाल तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकूको टोलीले पक्राउ गरेको हो।

महाभूकम्पको भोलिपल्ट १३ वैशाखमा उनले सेफलाई टोखा नगरपालिका २ स्थित शिवपुरी जङ्गलमा फुटाइ नगद र सुन लिएका थिए। पैसा र सुन आफ्नो साथमा लिएका उनले सेफलाई वौडेपानी मुहानको दहमा लुकाएर फर्किएका थिए। प्रहरीले फुटाएको अवस्थामा सेफ बरामद गरेको छ।

पक्राउ अभियुक्तलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ।

सो घटनामा संलग्न सुनिल तामाङ र बाहुन भन्ने मनिराज काफ्लेलाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १४ असार २०७२ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App