दार्चुला-दार्चुलाको उत्तरी तिंकर नाका हुदै तिब्बततर्फ लगिदै गरेको चरी बाघको दुई थान छालासहित प्रहरीले तिंकर र छाङ्गरुबाट तीन जनालाई पक्राउ गरेको छ। बुधबार बरामद गरिएको छालासहित विहीबार साँझ उनीहरुलाई सदरमुकाम लगिएको थियो।

प्रहरीलाई शंका लागेपछि चेक जाच गर्दा तिंकरमा २ जना र छाङ्गरुमा एक जना पक्राउ परेको जिल्ला प्रहरी दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा हुम्ला जिल्ला हेक्का गाविस १ का २८ वर्षीय केमनाई तामाङ, व्यास वडा नं ४ का ६८ वर्षीय उदय सिंह बोहरा, अपी नगरपालीका ११ का २६ वर्षीय सुरमीन थापा रहेका छन्। प्रहरीले उनीहरुबाट २ फिट ९ इन्च लम्बाइ तथा ६ इन्च चौडाई र दोस्रो थानको २ फिट ५ इन्च लम्बाई तथा ५ इन्च चौडाई रहेको छाला बरामद भएको जनाएको छ । गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद रुपमा तिब्बततर्फ लैजादै गर्दा बुधबार उनीहरुलाई छालासहित प्रकाउ गरेको दार्चुलाका डिएसपी नैनसिंह कार्कीले बताए। '
प्रकाशित: ११ असार २०७२ ०५:३६ शुक्रबार