९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

दाईबाटै सुत्केरी बहिनी बलात्कृत

कोहलपुर–जिल्लाको चिसापानी–५ मा आफ्नै दाईबाट एकमहिने सुत्केरी बहिनी बलात्कृत भएकी छिन्। माइतीमा आएकी २० वर्षीय सुत्केरी बहिनीलाई बुधबार राति आफ्नै दाईले बलात्कार गरेको पुष्टि भएको छ।

बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय दाई पद्मबहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार पक्राउ गरेको छ। एक महिना अघिमात्र सुत्केरी भएकी बहिनीलाई मदिरा सेवन गरी सुनारले बलात्कार गरेको प्रहरीले जनायो। प्रहरीले सुनारलाई पक्राउ गरी हाडनाता र जर्वजस्तीकरणी मुद्दा दर्ता गरेको डिएसपी जनकबहादुर शाहीले बताए।

आँफू दाईबाट बलात्कृत भएको भन्दै पीडित सुत्केरी महिलाले कोहलपुर प्रहरी चौकीमा जाहेरी दिएकी छिन्। जाहेरी लगत्तै प्रहरीले ओरोपी सुनारलाई पक्राउ गरेको थियो। बलात्कृत महिलाको मेडिकल कलेज कोहलपुरमा शारीरिक चेकजाँच र उपचारपछि घर फिर्ता भएको प्रहरीले जनायो। बलात्कृत महिलाको स्वास्थ्य समस्यासमेत देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० असार २०७२ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App