५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

कुटपिटबाट बृद्धको मृत्यु

सिराहा–जग्गासम्बन्धी विवादले झडपको रुप लिँदा लहाननगरपालिका–४ मा एक ७५ वर्षीय बृद्धको मृत्यु भएको छ। घर बनाउने विषयमा विवाद हुँदा ७५ वर्षीय सवुर अन्सारीको मृत्यु भएको इकालका प्रहरी कार्यालय लाहानका डिएसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।सप्तरी स्थायी घर भई लाहान नगरपालिका– ३ स्थित छोरा मोहमद आलमको घरमा आएका बुवा मोहमद गुल्जार हकले अन्सारीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक अन्सारीको शरीरको बाहिर भागमा कुनै ठूलो चोट पटक लागेको छैन। उनीहरुबीच जग्गासम्बन्धी विवाद भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उनीहरु दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ७ असार २०७२ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App