युपि ७७ टि ४८१३ नम्वरको डिआइ गाडीलाई बैरेनी खोस्टेखोलामा प्रहरीले चेकजाँच गर्दा सेतो टेपले बेरेको अवस्थामा ५ सय ग्रामको ८० थान र हजार ग्रामको १ सय ५७ थानमा रहेको उक्त चरेश र नगद ८७ हजार ३ सय नेपाली तथा ८ हजार भारतीय रुपैया बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी स्विजरल्याण्ड जान लागेका पासपोर्ट नम्वर एक्स ४७५४७७४ बाहक ६२ वर्षीय वेट पार्लर नाम गरेका स्वीस नागरिक र निजकी श्रीमती भन्ने कास्की लेखनाथ नगरपालिका–१ घर भएकी राहदानी नम्वर ०७१८२१७० बाहक ४२ वर्षीया कल्पना सार्कीलाई प्रहरीले २ केजी चरेशसहित पक्राउ गरेको हो।
कतार एयरको क्यूआर ६५१ नम्वरको उडानद्वारा दोहा हुँदै स्विजरल्याण्ड जान लागेका उनीहरुलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एक्सरे डिपाचरमा प्रहरीले चेकजाँच गर्दा लगेज व्याग भित्र च्यावनपरासको बट्टामा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ असार २०७२ ०१:४१ सोमबार





