५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

अपहरित चौधरीको हत्या, नालीमुनि शव भेटियो

भीमदत्तनगर—परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन्।

 

गत बुधबार परिचित व्यक्तिले मध्यराति १२ बजे जरुरी काम छ भन्दै बोलाएपछि घर छाडेका ३५ वर्षीय चौधरी शनिबार कैलालीको गोदावरी पुलभन्दा पाँच किलोमिटरमाथि भूमिगत नालीमुनि हत्या गरी फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

प्रहरीका अनुसार चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उहाँको अपहरण गरी हत्या गरेको हुन सक्छ।

प्रहरीले घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिए। रासस

प्रकाशित: ६ असार २०७२ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App