लहान–कुटपिट तथा अंगभंग मुद्दाका आरोपितलाई हिरासत मुत्क गर्न दिएको दबाव अस्विकार गर्दा काँगे्रस सिरहा क्षेत्र नम्बर–२ का अध्यक्ष विष्णु साह(वनियाँ)ले इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमा प्रसाद चतुर्वेदीको सरुवा माग गरेका छन्।आफुमाथि डिएसपीले हातपात गरेको भन्दै सोमबार विज्ञप्ति जारी गरी डिएसपीको सरुवा माग गरेका हुन् ।एक साता अगाडि लहान–७ का राजा भन्ने चन्द्रसेन साहमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सोही वडाका राजेश गुप्तासहितका व्यति्कलाई पक्राउ गरेको थियो। यही मुद्दाका विषयमा साह डिएसपी चतुर्वेदी समक्ष गएका थिए।साहले आफुमाथि डिएसपीले हातपात गरेको आरोप लगाउँदै उनीमाथि कारबाही र सरुवाको माग गरेका हुन्। सो समयमा डिएसपीकै कार्यकक्षमा उपस्थित काँग्रेस सिरहा क्षेत्र नम्बर–१ का सभापति अचमितलाल चौधरीले भने,'डिएसपीले साहमाथि हातपात गरेकै होइन।'
साहले जारी गरेको विज्ञप्तिमा काँग्रेस सिरहाले उत्क माँग गरेको भनिएपनि काँग्रेस सिरहा सभापति सितादेवी यादव यसबारे अनविज्ञ रहेको बताइन। विज्ञप्तिमा विष्णु साह(वनियाँ)को हस्ताक्षर छ।पीडितको तर्फबाट त्रितसेन साहले दिएको मुद्दा जेठ २४ गत्ते इलाका प्रहरी कार्यालयले दर्ता गरी कारबाही अघि बढाइसकेको छ। मुद्दामा राजेश गुप्ता, आनन्द चौधरी, विजय गुप्तासहित ७ जनालाई विपक्षी बनाइएको छ। कुटपिट तथा अंगभंगमा उत्क मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।'आरोपितलाई छाडिदिन विष्णुजीले दिएको दबाव नमान्दा उहाँ रिसाउनु भयो,' डिएसपी चतुर्वेदीले भने,'मैले उहाँलाई दुर्व्यवहार गरेको छैन, आफै मेरो कार्यकक्षबाट बाहिरिनु भएको हो।'
प्रकाशित: ३२ जेष्ठ २०७२ ०३:१४ सोमबार