प्रहरीले गत चैत १ गते बाह्र वर्ष पुरानो रहस्यमय रानीबारी हत्याकान्ड सुल्झाउँदै दुई जना आरोपीलाई सार्वजनिक गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हेमन्त श्रेष्ठ र अन्जली श्रेष्ठलाई खुकुरी हानी हत्या गर्न संलग्न मनराज गुरुङ र प्रमेश चौहानलाई सार्वजनिक थियो।
रानीबारीमा भाडामा बस्दै आएका इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते रहस्यमय रुपमा आफ्नै कोठामा हत्या भएको थियो।
घटनपछि दुई अभियुक्तको स्केच सार्वजनिक गरी घटना अनुसन्धान गर्न प्रहरीले एक दर्जनभन्दा बढी अनुसन्धान टोली गठन गरे पनि आरोपी पहिचान गर्न सकेको थिएन। सिआइबीले गत असोजबाट पुन: अनुसन्धान व्युताउँदै साइलेन्ट सर्च अप्रेसन थालेको थियो। सोही अप्रेसनको क्रममा दुई आरोपी समातिएका थिए।
प्रकाशित: ३१ जेष्ठ २०७२ ०१:२८ आइतबार





