भारतीय सहर लौकहाबाट लागुऔषध सेवन गरि लागुऔषध कोरेक्स बोकेर आईरहेका कार्कीद्वयलाई लागुऔषध ईलाका प्रहरी कार्यालय लहानले चेकचाँचका क्रममा पक्राउ गरेको हो। स्कुटरमा आईरहेका उनीहरुमाथि शँका लागि रोकेर तलासि गर्दा गुप्ताङ्गमा लुकाईराखेको अवस्थामा दुई बोतल कोरेक्स बरामद गरिएको डिएसपि उमा प्रसाद चतुर्वेदीले चतुर्वेदीले बताए। उनीहरु पारीपट्टी(लौकहा) लागुऔषध सेवन गरि दुई बोतल साथमा लिएर आईरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यी २ जना त प्रतिनिधि पात्रमात्र हुन्, लागूऔषध प्रयोगकर्ताहरु सीमापारिको भारतीय बजारमा दैनिक धाउने गरेका छन्। लागूऔषध सेवनपछि गुप्तांगमा समेत लुकाएर ल्याउने गरेको पाइएको छ। भारतीय बजारमै सेवन गरेर आउनेलाई पक्राउ गर्न कठिन भएको प्रहरीको भनाइ छ।
डिएसपि चतुर्वेदीका अनुसार सीमापारि लागूऔषध सेवन गर्न जानेमा युवायुवती दुवै छन्।
लौकाहा थानाका सव ईन्सपेक्टर आनन्द रायका अनुसार नेपाली यूवतीहरु लौकहामा लागूऔषध सेवन गरेर नशामा अचेत भेट्टाएपछि होसमा ल्याएर ठाढी प्रहरीमाफर्त अभिभावकको जिम्मा लगाउने गरिएको छ। जुन औषधी नेपालमा लागुऔषधको रुपमा प्रतिबन्ध गरिएको छ त्यो भारतमा प्रतिबन्धीत छैन रायले भने,'स्वास्थ्यकर्मीको प्रिस्क्रीपसन बिना औषधी पसलले बेच्न नपाईने नियम पालना भएको छैन्।' हामी यसमा कडाई अपनाउँछौ, उनले भने।
सिमावर्ती ठाढी नाकाबाट पक्राउ पर्ने मध्ये १३ जनालाई मुद्धा चलाएको छ। लहान प्रहरीले मात्र ६० जनामाथि लागुऔषध ऐन अन्तर्गत मुद्धा चलाइएको डिएसपि चतुर्वेदीले बताए। ठाढी प्रहरीले लागुऔषध सहित पक्राउ गरेकाहरुलाई पनि ईलाका प्रहरी कार्यालय लहानबाटै मुद्धा चल्छ। यो वर्ष हालसम्म लागुऔषध ऐन अन्तर्गत ४४ वटा मुद्धा दर्ता भएको लहान प्रहरीको तथ्याँक छ।
साउन देखि हालसम्म लहान प्रहरीले ४२७ किलो गाँजा, ६९० बोतल कोरेक्स, ३८३ थान नाईट्रोसन/स्पास्मोप्रोक्सोवीन, २७९१ डाईजापाम, १२८५ एम्पुल फोर्टवीन बरामद गरिएको लहान प्रहरीको तथ्याँक छ।
लहान प्रहरीले लागुऔषध नियन्त्रणका लागि अभियान सुरु गरेपछि यस क्षेत्रमा कारोबार घटेको स्थानीय वुद्धिजीवी विनोद साहले वताए। यस क्षेत्रमा लागुऔषधको कारोबारमाथि निगरानी बढेपछि सेवनकर्ताहरु सिमापारी गएर प्रयोग गर्न थालेको प्रहरीको भनाई छ।
लागुऔषध नियन्त्रणका लागि लहान सिटिजेसिजले ईलाका प्रहरी कार्यालय र ओशो माधुर्य ध्यान केन्द्रसंग सहकार्य गरि सचेतनामूलक रेडियो कार्यक्रम सुरुवात गरेको महासचिव विजय कुमार गुप्ताले बताए।
प्रकाशित: २९ जेष्ठ २०७२ ०४:२८ शुक्रबार





