जिल्ला अदालतको जेठ २६ गतेको आदेश अनुसार अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। तालाबाङ–६ दाङबाङका १९ वर्षीय दिनेश कुमार घर्तीमगर र तालाबाङ–६ दाङबाङकै २२ वर्षीय दिनेश घर्तीमगरलाई गत वैशाख १५ गते इरिबाङ–३ को सुकीदह स्थित एकान्त जंगलमा रहेको एक गोठमा विभत्स तरिकाले हत्या गरेको अभियोगमा अभियुक्तहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो।
अभियुक्तहरुले प्रहरी समक्ष हत्याको आरोप स्विकार गरेका छन। प्रहरी नायव उपरिक्षक रमेश थापाले अभियुक्त मध्ये सुनार र गुरुङलाई अपहरण तथा शरीर बन्धकको मुद्दा समेत रहेको जानकारी दिए।
अपहरण तथा शरीर बन्धक गरेको अभियोगमा प्रहरीले तुल्सीपुर नगरपालिका–५ घर भई बजौरी–६ बस्ने ३५ वर्षीय राजेश खडका भनिने राजेश गुप्ता र तालाबाङ–६ दाङबाङका ३१ वर्षीय हिमाल पुन भनिने गणेश कुमार घर्तीमगरलाई पनि पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जनाएको छ। उनीहरुलाई जिल्ला अदालतको जेठ १७ गतेको आदेश अनुसार पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो।
प्रकाशित: २७ जेष्ठ २०७२ ०६:३४ बुधबार





