६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

बालक अपहरण गरी ५० लाख फिरौती माग्ने दुई जना पक्राउ

काठमाडौं– एक दश वर्षीय बालकलाई अपहरण गरी ५० लाख फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको धुवाचौर–१ घर भएका हाल काठमाडौंको दक्षिण ढोका बस्दै आएका भीमसेन बन्जाडाको दश वर्षीय छोरालाई अपहरण गर्ने भीमबहादुर मगर रुद्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले जेठ २३ गते घर नजिकै फुटबल खेल्न जाउँ भन्दै बालकलाई अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवैजना  दोलखा मार्बुका हुन्। अपहरणकारीले नजिकैको कृष्ण मन्दिर जंगलमा बालकलाई लगेर कुटपिट गरी मरेको ठानी खाडलमा पुरी बच्चा चाहिने भए ५० लाख लिई जेठ २५ गते सोमाबार १० बजे सिन्धुपाल्चोकको एकाईस किलोको काला पत्थरमा आउनु भनी बालकको परिवारलाई फोन तथा म्यासेज गरेका थिए। फिरौती रकम माग्ने उनीहरुलाई सूचना प्राप्त भएको ४ घण्टामै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार भक्तपुरको बालकोट र कौशलटारबाट पक्राउ गरेको थियो।

खाल्डोमा पुरेको २ घण्टा पछि बालक होसमा आई घटनास्थलबाट बिस्तारै घिसि्रँदै नजिकैको स्कुलमा आएर रुदैं गरेको अवस्थामा फेला परेका थिए। बालकलाई स्कुलका शिक्षकले उद्धार गरी मेडिकल कलेज अत्तार खेलमा ल्याएपछि मात्र बालकको परिवारले थाहा पाएका थिए।

घाँटी, आखाँ तथा छातीमा गम्भीर चोट लागेका बालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले अपहरणकारीको साथबाट फिरौती रकम माग गर्न प्रयोग गरेको ९८१६७४१८८९ नम्वरको मोवाइल १ थान र खुकुरी १ थान बरामद गरेको छ।उनीहरुलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७२ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App