३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

एससीटी एनपे सेवा सुरु

स्मार्टकार्ड टेक्नोलोजिज (एससीटी) ले एससीटी कार्डका ग्राहकका लागि सोमवारदेखि अनलाइन भुक्तानी सेवा 'एससीटी एनपे' सेवा सुरु गरेको छ। कम्पनीले इन्फिककेयर प्रालिको सहकार्यमा यो सेवा सुरु गरेको हो।
सन् २००१ बाट कार्डमार्फत भुक्तानी सेवा व्यापारमा संलग्न एससीटीले एटीएम र प्वाइन्ट अफ सेल (पीओएस) मार्फत भुक्तानी सेवा दिइरहेको छ। हाल कम्पनीले ७८ बैंक तथा वित्तीय संस्थाका १ हजार ६ सयभन्दा बढी एटीएम र ३ हजारभन्दा बढी पीओएसको सञ्जाल बनाएको छ। यसमा एससीटी कार्डवाहक २० लाखभन्दा बढी ग्राहक छन्।
'इन्टरेट उपलब्ध हुने जुनसुकै ठाउँबाट पनि कुनै सामान खरिदको रकम भुक्तानी गर्न सकिन्छ, अर्को अर्थमा भन्नुपर्दा क्रेता र बिक्रेताबीच भुक्तानीको माध्यम नै एनपे सेवा हो,' एससीटीका अध्यक्ष रविन्द्र मल्लले सोमवार आयोजित कार्यक्रममा भने, 'यो सेवा यति सुरक्षित छ कि तपाईंको कार्डबाट अरू कसैले पनि रकम झिक्न वा तिर्न वा ठगी गर्न सक्दैन। यसमा डेटा अतिसुरक्षित राखिएका हुन्छन्।'
एससीटीसँग एनपे सेवामा सहकार्य गरेको इन्फिककेयरले सन् २००५ देखि रेमिटेन्स सेवा, बेव तथा मोबाइल एप्लिकेसन, सर्भर सेक्युरिटी, नेटवर्क सेक्युरिटी, अनलाइन एप्लिकेसन सेक्युरिटी तथा एन्टी–मनी लन्ड्रिङ सेक्युरिटीको काम गर्दै आएको छ।

प्रकाशित: २ माघ २०७१ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App