२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

सबैभन्दा सस्तो ४ जी स्मार्टफोन

स्मार्टफोन कम्पनी लेनेभोले सबैभन्दा सस्तो स्मार्टफोन प्रदर्शन गरेको छ। अमेरिकाको एक प्रदर्शनीमा कम्पनीले ए ६००० मोडलको स्मार्टफोन प्रदर्शन गरेको हो। जुन अहिलेसम्मकै सस्तो स्मार्टफोन हुने कम्पनीले दाबी गरेको छ।
विश्व बजारको तुलना गर्ने हो भने यसको मूल्य माइक्रोम्याक्सको यू युरेका र माइक्रोसफ्टको लुमिया ६३८ मोडलभन्दा कम हुनेछ। लेनेभो ए ६००० मा पाँच इन्च डिस्प्ले छ। यसमा ७२० पिक्सलको भिडियो सपोर्ट गर्छ। स्मार्टफोनमा एक जीबी र्यााम र ८ जीबी आन्तरिक मेमोरी हुनेछ। बाहिरबाट कति मेमोरी हाल्नसक्ने भन्नेबारे कम्पनीले केही बताएको छैन। यो स्मार्टफोन एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा बनाइएको छ।
यसमा ८ मेगापिसक्ल अगाडि र २ मेगापिक्सल क्यामेरा पछाडि रहेको छ।
यसमा ४ जी एलटीई, थ्रीजी वाइफाई र जीपीएसको सुविधा दिइएको छ। २३०० एमएएच ब्याट्री रहेको छ। कम्पनीले १३ घण्टा टकटाइमको दाबी गरेको छ।

प्रकाशित: २ माघ २०७१ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App