५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस विशेष महाधिवेशनः सभापतिका लागि तीन जनाले लगे फारम

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि फारम वितरण जारी छ । मनोनयनको समय साँझ सात बजेसम्म थप भएसँगै धेरैले फारम लगेको निर्वाचन समितिले जनाएको छ ।  

यसैबीच, सभापतिका लागि तीन जनाले फारम लगेका छन् । फारममात्र बुझेको तर मनोनयन दर्ता नभएकाले कसको लागि हो भन्ने यकिन नभएको एक नेताको भनाइ छ ‍‍।

यस्तै अन्य पदाधिकारीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २५-३० जनाले फारम लगेको जानकारी दिँदै निर्वाचन समितिले केन्द्रीय सदस्यमा भने सयभन्दा बढी फाराम वितरण भइसकेको जनाएको छ ।  

नयाँ कार्यसमिति चयनका लागि कांग्रेसले मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदानको समय तालिका तय गरेको छ । 

प्रकाशित: २९ पुस २०८२ १६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App