२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

४ जीबी र्‍याम भएको समार्टफोन

असुस कम्पनीले ४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन बजारमा ल्याउने भएको छ। अमेरिकामा भएको सीईएस प्रदर्शनीमा असुसले 'असुस जेनफोन २' नाम दिइएको ४ जीबी र्‍यामको स्मार्टफोन प्रदर्शन गरेको हो। योसँगै असुसले
'जेनफोन जुम'को पनि प्रदर्शनी गर्‍यो। यी दुवै स्मार्टफोनले सबैको मन जितेको कम्पनीले दाबी गरेको छ।ताइवानी कम्पनी असुसले यी दुवै मोडल मार्चपछि बजारमा ल्याउनसक्ने बताइएको छ। मोबाइलको पहिलो मूल्य भने १ सय ९९ डलर हुनसक्ने बताइएको छ। जबकि ३ एक्स अप्टिक जुम भएको अर्को मोबाइलको मूल्य ३ सय ९९ हुनसक्ने बताइएको छ।
असुसको जेनफोन दुई संसारमै पहिलो ४ जीबी र्‍यामम भएको दाबी गरिएको छ। यो स्मार्टफोनमा ५.५ डिस्प्ले र फुल एचडी भिडियो सपोर्ट गर्ने कम्पनीले बताएको छ। २.३ गिगाहर्ज प्रोसेसर रहेको यो स्मार्टफोनमा १६, ३२ र ६४ जीबीको मेमोरी स्टोरेज रहनेछ। यसमा एन्ड्रोइडको ५.० ललिपप अपरेटिङ सिस्टम रहेको छ। यसमा अगाडि १३ मेगापिक्सल र पछाडि ५ मेगापिक्सल क्यामेरा रहेको छ।
यसको नेटवर्क ४ जी एलटीई, वाइफाई, ब्लुटुथ ४.०, एजीपीएस र एनएफसीको सुविधा छ। यसमा ३००० एमएएच ब्याट्री छ।
त्यस्तै असुस जेनफोन जुम भने फोटोग्राफरलाई मध्यनजर गर्दै बनाइएको कम्पनीले बताएको छ। यसमा ३ एक्स अप्टिकल जुम छ। यसको डिस्प्ले पनि ५.५ इन्चको हुनेछ। यसमा पनि फुल एचडी भिडियो सपोर्ट गर्छ। अरू फिचर उस्तै भए पनि यसमा १ सय २८ जीबी आन्तरिक र ६४ जीबी एक्सटर्नल मेमोरी सपोर्ट गर्छ।

प्रकाशित: २ माघ २०७१ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App