४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

३ सय २० जीबीको स्मार्टफोन

एक अमेरिकी कम्पनीले अहिलेसम्मको सबैभन्दा बढी स्टोरेज हुने स्मार्टफोन बनाएको छ। सेजस भन्ने कम्पनीले अमेरिकाको लस भेगसमा आयोजित कन्जुमर इन्केट्रोनिक्स प्रदर्शनीमा यस्तो मोबाइल राखेको हो।
आन्तरिक ६४ जीबी मेमोरी रहेको उक्त मोबाइलको मोडल सेजस भी २ हो। यसमा १ सय २८ जीबीका दुई मेमोरी हाल्न सकिने चिप्स बनाइएको छ। दुवै जोड्दा ३ सय २० जीबी पुग्छ।
उक्त स्मार्टफोनमा फिंगर प्रिन्ट स्क्यानर र वायरलेस चार्ज गर्ने व्यवस्था मिलाइएको छ। २१ मेगापिक्सल पछाडि र १३ मेगापिक्सल अगाडि क्यामेरा रहको यसले १०८० पिक्सलको भिडियो सपोर्ट गर्छ। ५ इन्च डिस्पले भएको यो स्मार्टफोनमा ३ जीबी र्याएम रहेको छ। यसलाई एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा बनाइएको छ।
यसमा थ्रीजी, वाइफाई, ब्लुटुथको सुविधा पनि दिइएको छ। यसमा ३५०० एमएएचको ब्याट्री सुविधा पनि छ। कम्पनीले यसको मूल्यबारे भने केही बताएको छैन। विज्ञहरूका अनुसार भने यसले अन्य पाँच इन्चका स्मार्टफोनलाई टक्कर दिन सक्नेछ।

प्रकाशित: २ माघ २०७१ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App