भारतीय राज्य बिहारको कटिहार जिल्लामा रहेको नन्दलाल नामक व्यक्तिको पानपसलमा पान किन्नेले कन्डम निःशुल्क पाउँछ।
त्यहाँका मानिस पान बढी खाने भएकाले यस क्षेत्रमा फैलिँदै गएको एड्सलगायत यौन रोगविरुद्ध सचेतना जगाउन नन्दलालले आफ्नो पसलमा यस्तो गरेका हुन्। सो क्षेत्रका प्रायः युवाले पान खाने भएकाले पानपसलमा आउँदा फ्री कन्डम पाउने भएपछि यसबाट यौन रोग कम हुने उनको छ।
पानपसले नन्दलाल भन्छन्, 'वयस्क ग्राहक आउँदा मैले उनीहरूलाई पानसँगै कन्डम पनि दिने गरेको छु। दिनमा त्यस्तै ७५ प्याकेट कन्डम मेरो पसलबाट वितरण हुने गरेको छ।' पानसँग कन्डम निःशुल्क दिने आफ्नो योजनाबारे श्रीमतीलाई पहिलोपटक बताउँदा उनी रिसाएको नन्दलाल बताउँछन्। 'तर, मैले आफ्नो योजना बदलिनँ,' उनी भन्छन्, 'सुरु–सुरुमा मलाई अलिक गाह्रो भयो। किनभने कन्डम फ्रीमा दिँदा घाटा लाग्थ्यो। बिस्तारै पान खान आउने ग्राहक बढ्दै गएपछि अलिक सहज भयो। पछि केही गैरसरकारी संस्थाले मेरो स्किमबारे थाहा पाएछन्। उनीहरूले मलाई निःशुल्क कन्डम उपलब्ध गराउन थाले। अहिले मलाई सजिलो भएको छ।'प्रकाशित: २ माघ २०७१ ०१:४४ शुक्रबार





