३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

एउटा फोटोको कमाल

चीनका ३२ वर्षीय ताओ लिउ हफेई वाटर सप्लाई कम्पनीमा 'वाटर मिटर रिडर'को काम गर्छन्। आफ्नो मोटरसाइकल चढेर मिटर रिड गर्न उनी दिनहुँ विभिन्न मानिसका घर चहार्ने गर्छन्। फुर्सद हुनासाथ उनी गल्लीतिर फोटो खिच्न थाल्छन्। फोटोग्राफी उनको सोख हो।
ताओ लिउ अन्य 'स्ट्रिट फोटोग्राफर'भन्दा भिन्न थिए। फोटोग्राफीमा हास्य चेत कसरी लागू गर्ने र 'पर्फेक्ट टाइमिङ' कसरी मिलाउने भन्ने कुराको राम्रो ज्ञान थियो।
pardeshtira 6एउटा फोटोग्राफी म्यागजिनले उनले खिचेको यो फोटो प्रकाशित गरिदिएपछि उनी संसारभरि चिनिएका छन्। यो फोटोबाट उनले विभिन्न पुरस्कारसमेत हात पारिसकेका छन्। पोस्टरमा देखिएकी मोडलले पोस्टरबाटै अगाडि सडकमा मोटरसाइकल रोकेर केही काम गरिरहेका एक युवकको पछाडिपट्टि सुँघेजस्तो देखिनेगरी उनले खिचेको यो फोटो अहिले सामाजिक सञ्जालतिर भाइरल बनेको छ।

प्रकाशित: २ माघ २०७१ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App