५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

अप्सनाको अभिनय प्रेम

फिल्म 'समय'मा ब्याक डान्सर बनेर कला क्षेत्रमा प्रवेश गरेकी इटहरीकी अप्सना न्यौपाने अहिले म्युजिक भिडियो र फिल्ममा जम्न थालेकी छिन्।
हालै पूर्वमा बनेको फिल्म 'डार्लिङ'मा अभिनय गरेकी अप्सनाले चारवटा म्युजिक भिडियोमा काम गरिसकिन्। पछिल्लो पटक गायक दिव्यासन घिमिरेको दोस्रो एल्बम 'दिव्यासन' को म्युजिक भिडियोमा अभिनय गरेकी अप्सना मोडलिङ र अभिनयमै भविष्य बनाउन चाहन्छिन्। पाँच फिट चार इन्च अग्ली उनी बीबीएस अध्ययनरत छिन्। 'अभिनयप्रति मेरो गहिरो प्रेम छ,' उनले भनिन्।

प्रकाशित: १ माघ २०७१ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App